नियम
दाना जाँचकीको काम कर्तव्य
दाना जाँचकीको काम कर्तव्य देहाय
बमोजिम हुनेछ ः–
(क) ऐन वा यस नियमावलीको बर्खिलाप दाना पदार्थको उत्पादन
वा सञ्चय वा बिक्री वितरण वा ढुवानी गरिएको वा त्यस्तो
काम कुरा गर्न लागेको शंका लागेमा त्यस्तो दाना पदार्थको
नमूना लिई तुरुन्तै विश्लेषण वा परीक्षणको लागि सार्वजनिक
विश्लेषक समक्ष पठाउने,
(ख) खण्ड (क) बमोजिम दाना पदार्थको नमूना लिई त्यसको जनाउ
अनुसूची–२ बमोजिमको ढाँचामा दाना पदार्थको धनीलाई दिने,
(ग) कुनै व्यक्ति, फर्म वा संस्थाले ऐन वा यस नियमावलीको
बर्खिलाप कुनै कारवाई गरेको छ भन्ने सूचना प्राप्त भएमा
त्यसको छानवीन गर्ने,
(घ) आफूले निरीक्षण गरेको र ऐन वा यस नियमावली बमोजिम
कारवाई गरिएको वा जफत भएको दाना पदार्थको अभिलेख
राख्ने,
(ङ) स्थानीय अधिकारीको सामान्य नियन्त्रणमा रही ऐन तथा यस
नियमावली बमोजिम आफूलाई तोकिएको तथा आफूले गर्नु
पर्ने काम कर्तव्य गर्ने ।